तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
रुस–युक्रेन युद्धको कडा शब्दमा निन्दा र युक्रेनको भूमिबाट विना सर्त रुसी सेना फिर्ता गर्न माग गर्दै जी–२० शिखर सम्मेलन सम्पन्न भएको छ ।
इन्डोनेसियाको राजधानी बालीमा हिजो मङ्गलवार सुरु भएको विश्वका ठूला अर्थतन्त्र भएका देशहरूको सङ्गठन जी–२० को शिखर सम्मेलन आज बुधवार सकिएको हो । सम्मेलनले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको रोयटर्सले जनाएको छ ।
सम्मेलनमा सहभागी धेरैजसो देशका नेताहरूले युद्धका लागि रुसलाई जिम्मेवार ठहराउँदै विश्वमा खाद्य सङ्कट र सुरक्षा चिन्ता बढेको बताएका थिए । युद्धले विश्व अर्थतन्त्र नै समस्यामा पारेको भन्दै उनीहरूले फेरि एक पटक सबै युद्ध अन्त्यका लागि सहमत हुनुपर्ने जोड दिएका छन् ।
घोषणापत्रमा आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य भएको पनि उल्लेख रहेको बीबीसीले जनाएको छ । हिजो पोल्यान्डकाे भू–भागमा क्षेप्यास्त्र खस्दा दुई जनाको ज्यान गएपछि जी–२० मा आपत्कालीन बैठक बस्दा शिखर सम्मेलनको तालिकासमेत प्रभावित भएको थियो ।
सम्मेलन सकिएसँगै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले जी–२० को अध्यक्षता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गर्नुभएको रोयटर्सले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।