तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
अहिले सामाजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीकाे 'भारत जाेडाे' यात्राकाे एक क्लिप भाइरल भइरहेकाे छ । क्लिपमा कांग्रेस पार्टीका नेता राहुल गान्धीले राष्ट्रिय गान बजाउनका लागि भन्नुहुन्छ तर त्यही समयमा नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ । यही विषयलाई लिएर अहिले गान्धीलाई सत्ताधारी भारतीय जनता पार्टी (बीजेपी) का नेताहरूले आलोचना गरिरहेका छन् ।
याे घटना हिजाे बुधवारकाे हाे । भिडियाेमा राहुल गान्धीले माइकमा बाेल्दै राष्ट्रिय गान बजाउन अनुराेध गरेकाे देख्न सकिन्छ । त्यसपछि मञ्चमा रहेका पार्टीका नेता उभिन्छन् । त्यति नै बेला भारतकाे राष्ट्रिय गानकाे साटाे नेपालकाे राष्ट्रिय गान बज्न थाल्छ ।
मञ्चमा रहेका मानिसले केही सेकेन्डपछि मात्रै आफ्नाे राष्ट्रिय गान बज्नुपर्नेमा नेपालकाे राष्ट्रिय गान बजेकाे थाहा पाउँछन् । त्यसकाे केही समयपछि भने राष्ट्रिय गान बज्न थाल्छ ।
— Facts (@BefittingFacts) November 17, 2022
यस भिडियाेलाई लिएर बीजेपीका आन्ध्र प्रदेश इकाका सचिव रमेश नायडूले ट्वीट गर्दै भन्नुभएकाे छ, ‘डियर राहुल गान्धी, तपाईंकाे कांग्रेस पार्टीलाई हाम्राे देशकाे राष्ट्रिय गान के हाे भन्ने पनि थाहा नभएकाे लाग्याे ।’
— Ramesh Naidu Nagothu/రమేశ్/रमेश नायडू (@RNagothu) November 16, 2022
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।