सुदूरपश्चिम प्रदेश सरकारद्वारा बडघर प्रथालाई कानूनी मान्यता दि...
माघ १४, २०८१ सोमबार
चितवन – चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको ज्यान गएको छ ।
बिहीबार बिहान साढे २ बजेको समयमा भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने ३८ वर्षीय तलिस खानले चलाएको एचआर ५५ एक्स १४८२ नम्बरको भारतिय ट्रकले एक पुरुषलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उहाँको उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । तर मृतकको पहिचान हुन नसकेको प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।
रातो ज्याकेट, खैरो टिसर्ट, कम्ब्याट रङ्गको सेन्डो, निलो जिन्स पाइन्ट लगाएको, उचाइ ५ फिट ६ इन्च हुलिया भएको व्यक्तिलाई चिन्ने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा ९८५५५०९०१३३ मा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
शवको पहिचान हुन नसकेपछि पहिचानका लागि प्रहरीले मृतकको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।
अन्जान ब्यकति
Nov. 26, 2022, 8:05 a.m.अनि प्रहरिले फाेटाे सार्बजनिक गरपछि पत्रकारले पनि फाेटाे सार्बजनिक गर्नु पर्दैन ?