एल साल्भाडोरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु, १० हजार सैनिकले सहर घेरा हाले

 मंसिर १८, २०७९ आइतबार १४:०:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मध्य अमेरिकी देश एल साल्भाडोरको एक सहरमा गुन्डाविरुद्धको विशेष सैन्य अभियान सुरु भएको छ । राष्ट्रपति नायब बुकेलेको आदेशअनुसार १० हजार जना सेनाले सोयापाङ्गो सहरलाई घेराबन्दी गरी गिरोहविरुद्धको विशेष अभियान सुरु गरेका बीबीसीले जनाएको छ ।

सेनाले घेरा हालेको सहरतर्फ जाने सबै सडक बन्द गरेर सरकारी विशेष बलले गिरोहका सदस्यको घर खोजिरहेका खबरमा उल्लेख छ । सरकारी अधिकारीहरूले सहर छाड्ने स्थानीयको प्रयासलाई रोकेका छन् र अत्यावश्यक काम हुनेहरूलाई कागजात जाँच गरेर मात्रै सहर बाहिर जान दिएका छन् ।

तीन लाख घर भएको सोयापाङ्गो एल साल्भाडोरको सबैभन्दा ठूला सहरमध्ये एक हो । राजधानी सान साल्भाडोरबाट मात्र १३ किलोमिटर पश्चिममा रहेको यो सहर लामो समयदेखि गुन्डागर्दीका गतिविधिको केन्द्रको रूपमा परिचित छ । पुलिस र सेनाको निकासी टोलीलाई गिरोहका सबै सदस्यलाई एक/एक गरेर बाहिर निकाल्ने जिम्मेवारी दिइएको राष्ट्रपति बुकेलेले बताउनुभएको छ ।

६५ लाख जनसङ्ख्या भएको देश एल साल्भाडोरका राष्ट्रपति बुकेलेले गएको मार्चको अन्त्यमा आपत्कालीन अवस्थाको घोषणा गरेदेखि अहिलेसम्म ५८ हजार जनाभन्दा धेरै मानिसलाई सरकारले जेलमा थुनेको छ ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया