पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
युरोपियन युनियन, जी सेभेन र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्यमा 'क्याप' अर्थात् निश्चित मूल्य तोकेपछि ओपेक प्लसले तत्काल उत्पादन नबढाउने भएको छ ।
नोभेम्बर महिनामा दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गरेको ओपेक प्लसले आउँदो महिनादेखि उत्पादन बढाउने अपेक्षा गरिएकोमा तत्काल कटौतीलाई नै निरन्तरता दिने निर्णय गरेको बीबीसीले जनाएको छ । ओपेक प्लस रुससहित कच्चा तेल निर्यात गर्ने २३ वटा देशको समूह हो ।
ओपेक प्लसले यसअघि कच्चा तेलको मूल्य बढाउन चाहेको थियो । तर युरोपियन युनियन, जी सेभेनमा आबद्ध देश र अस्ट्रेलियाले रुसको समुद्री कच्चा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा धेरै नहुने गरि क्याप लगाएका छन् । रुसले युक्रेनमा आक्रमण गरेपछि युरोपियन देशहरूले रुसको आम्दानी घटाउन गरेका विभिन्न प्रयासमध्ये कच्चा तेलको मूल्यमा क्याप लगाउनु पनि एक हो ।
ओपेक प्लसको अर्को बैठक फेब्रुअरीमा मात्रै बस्ने भएको छ । आफ्नो कच्चा तेलको ठूलो परिमाण चीन र भारतमा बिक्री गर्दै आएको रुसले भने क्यापको अर्थ नरहेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
ओपेक प्लसले यसअघिको कटौती परिमाणलाई निरन्तरता दिने र रसियन तेलमा लागेको प्रतिबन्धले विश्व बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने जोखिम बढेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० देखि ८६ डलरसम्म रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।