नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको विवाह भएको १२ वर्ष पूरा हुँदैछ ।
१२ वर्षअघि मंसिर ९ गते उनीहरुको प्रेम विवाह भएको हो । आउँदो मंसिर ९ गते उनीहरुको वैवाहिक सम्बन्धले १२ वर्ष पूरा गरेर १३ वर्षमा प्रवेश गर्दैछ ।
यी दुईको भेट संगीतले नै गराएको हो । एक पटक एउटा गीतको लागि रामलाई गायिका चाहिएको थियो । गायिकाकै खोजी भईरहेको बेला उनको भेट भयो जुनुसँग ।
यहि भेटले उनीहरुको सहयात्रा सुरु भयो । सुरु सुरुमा कामको सिलसिलामा भेट हुन्थ्यो । त्यहि भेटका क्रममा उनीहरु एकअर्काको नजिक भए ।
पहिलो भेटमै जुनुको आवाजले रामचन्द्र जुनुतर्फ आकर्षित भएका थिए । जुनुको आवाज र उनको गायकीले उनलाई प्रभाव पारेको थियो ।
त्यतिबेला गायिकाको लागि ओके गरेका उनले त्यसको केही समयपछि जीवन साथीकै रुपमा ओके गर्ने सोच बनाए । जुनुसँग कामको सिलसिलामा भेट्ने क्रममा उनी जुनुको मायामा परिसकेका थिए ।
त्यस्तै यता जुनुले पनि रामले आफूलाइ माया गर्ने छनक पाइसकेकी थिइन् । यहि कारण उनले आफ्नी आमालाई नै रामचन्द्र काफ्लेले मलाई प्रपोज गर्छ कि जस्तो लागिसकेको छ भनेकी थिइन् ।
पहिलो भेट भएको ६ महिलनापछि उनीहरु दुवै जनाले एकअर्कालाई मन पराउन थालेका थिए । रामले आफूप्रति गरेको व्यवहारले जुनुले रामले प्रपोज गर्ने अनुमान लगाएकी थिइन् ।
हुन पनि एक दिन यस्तै भयो । ट्याक्सीमा यात्रा गर्दै गर्दा रामले घुमाइफिराई जुनुलाई प्रपोज गरिछाडे ।
त्यस बखतको उनीहरुको कुराकानी पनि निकै नै चाख लाग्दो थियो । रामले जुनुलाई आफ्नो बनाउन आफ्नो लाइफमा भएका अन्य केहीलाई साइड लगाउनु पर्ने कुरा गरे जुन कुराले जुनुलाई अचम्मित बनायो ।
तर उनलाइ अरुले रामलाई मन पराउने र रामले पनि अलि अलि मन पराउने केही भएको थाहा थियो । कसैसँग पनि रामको गहिरो सम्बन्ध भने थिएन । जुनु भन्छिन् यदि उहाँको कसैसँग गहिरो सम्बन्ध हुन्थ्यो भने मेरो त चान्स नै थिएन ।
आफू रामसँग अफेयरमा रहँदाको समय सम्झँदै जुनुले भनिन्, ‘भर्खरै लभ परेको बेलामा त प्रेमिकाले भनेको जे पनि मान्ने हुन्छन् नी त प्रेमी । तर उहाँले त भाउ नै नदिने के मलाई । अचम्म लाग्ने । कुनै दिन घरसम्म पुर्याइदिनु न भन्यो भने नमान्ने । कहाँ त्यति माथि मण्डिखाटारसम्म, आफै जाउ न भन्ने भन्या ।’
जुनुले यति भनिसकेपछि रामले थपे्, ‘अहिले त यसको उल्टो भइरहेको छ । अहिले त उसले पेल्छ नि त मलाई ।’
जुनुले पनि विवाहको १२ वर्षमा यस्ता कुराहरुमा परिवर्तन आएको बताइन् । वैवाहिक सम्बन्धको १३ वर्षमा प्रवेश गर्दा राम र जुनुकी ७ वर्षीय एक छोरी छिन् ।
रामचन्द्रले दुइ साताअघि मात्रै एउटा गीत सार्वजनिक गरेका छन् । विदेशिएँ बोलको यस गीतमा विदेशमा पसिना बगाएर पैसा कमाउने र श्रीमतीको भर परेर विदेशमा बसेको श्रीमान्लाई श्रीमतीले धोका दिएको कथा समेटिएको छ ।
यस गीतलाई रामले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।