पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा काम गरिरहेका तीन वटा प्रमुख गैरसरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् ।
अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी काम गरिरहेका केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी परिषद् र सेभ द चिल्ड्रेनले संयुक्त विज्ञप्ति निकालेर आफूहरूले महिला कर्मचारीविना आफ्नो काम जारी राख्न नसक्ने बताएका बीबीसीले जनाएको छ । उनीहरूले आफूहरूका महिला कर्मचारीले निर्बाध काम गर्न पाउनुपर्ने बताएका छन् । तालिबानले महिलालाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि हिजो शनिवार गैरसरकारी संस्थाहरूलाई आदेश दिँदै महिलालाई काममा लगाउन प्रतिबन्ध लगाएको हो ।
अफगानिस्तानको अर्थ मन्त्रालयले निकालेको विज्ञप्तिमा सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्ने महिला कर्मचारीले उचित 'ड्रेस कोड' पालना नगरेको गम्भीर गुनासो आएपछि उनीहरूलाई काम गर्नबाट रोक्न आदेश दिएको उल्लेख छ ।
यसैबीच संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले अफगान महिलालाई काम गर्नबाट नरोक्न तालिबान प्रशासनसमक्ष आग्रह गर्नुभएको छ । राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलाले काम गर्न नपाउने तालिबान सरकारको आदेशले आफूलाई चिन्तित बनाएको भन्दै महासचिव गुटेरेसले निर्णयमा पुनर्विचार गर्न अनुरोध गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । महिलालाई काम गर्न नदिने तालिबानको निर्णयले महिला र युवतीलाई मद्दत गर्ने देशभरका धेरै संस्थाको कामलाई कमजोर बनाउने उहाँले बताउनुभएको छ ।
तालिबान सरकारले महिलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न प्रतिबन्ध लगाएपछि यसको विश्वभरबाट आलाेचना भइरहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।