पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – बाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक वेपत्ता भएका पत्रकार तेजबहादुर खड्का (तेजु) को अवस्था डेढ महिना वितिसक्दासमेत अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य फेरि गर्न आग्रह गरेका छन् ।
दिपायल पिपल्ला बजारमा सोमबार बिहान प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले पत्रकार तेजु खड्का खोइ भन्दै दबाब मुलक र्यालीसमेत निकालेका छन् । नेपाल प्रेस युनियन डोटीका संस्थापन अध्यक्षसमेत रहनु भएका तेजु खड्का गएको भदौ ९ गते बडीमालिका मेला हेर्न जानुभएकाे बेलामा हराउनु भएकाे हाे ।
नेपाल प्रेस युनियन डोटी शाखाको चौथो अधिवेशनको अवसरमा डोटीका प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले तेजु खड्काको खोजीका लागि लागि पर्न सबैमा आग्रह गरेका हुन् । त्यस्तै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ बाजुरा डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरलगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोमबार बिहान सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतसँग भेट गरी अहिलेसम्म भएका प्रयास र अाउँदा दिनमा खोजीगर्न सकिने अवस्थाका बारेमा छलफल भएको पत्रकार मोहन शाहीले बताउनु भयो ।
प्रेस युनियन डोटी साखाका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल केन्द्रीय प्रसारणमासमेत काम गर्नुभएका पत्रकार खड्का केही वर्ष यता बाजुराको रेडियो बुढीनन्दामा कार्यरत हुनुहुन्थ्याे । पत्रकार खड्का हराएको केही दिनदेखि नै स्थानीय स्तरमा नेपाली सेना, नेपाल प्रहरी, स्थानीयले खाेजी गरेपनि फेला परेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।