भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो

 पुष १४, २०७९ बिहीबार ११:३१:६ | एजेन्सी
unn.prixa.net

उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि 'डक–१ म्याक्स' खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो  ।

यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यस्तै, ती बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवं सल्लाह बिना नै अधिक मात्रामा औषधि खाएकाे पनि उज्बेकिस्तानकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया