नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर दुई हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
गएको भदौपछि पहिलो पटक नेप्से दुई हजारको विन्दुमा पुगेको हो । आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज दुई सय ५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजारमा हरियाली भए पनि आज नेष्डो समृद्ध लघुवित्तको शेयर एक प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।