पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
भारतको उत्तराखण्डमा रहेको जोशीमठ सहरका घर र सडकहरूमा चिरा पर्न थालेपछि सरकारले ६८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको छ । अरू थप परिवारलाई पनि त्यहाँबाट सारिने योजना रहेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सहरमा रहेको चार हजार पाँच सय घरमध्ये छ सयभन्दा धेरै घरहरू चर्किएकाले बढी जोखिममा रहेकाहरूलाई सुरक्षित ठाउँमा सारिएको मुख्यमन्त्री धामीले बताउनुभयो । सहरलाई नै जोखिमयुक्त क्षेत्र घोषणा गरेर पीडित परिवारलाई सुक्खा रासन र आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जोशीमठ रहेको चामोली जिल्लाका मजिस्ट्रेट हिमांशु खुरानाले सहरको अवस्था अध्ययन र थप सहयोगका लागि सङ्घीय सरकारको दुई वटा टोली पनि सहरतर्फ आउँदै गरेको बताउनुभयो ।
पर्यावरणीयरूपमा नाजुक हिमाली क्षेत्रमा रहेको जोशीमठका बासिन्दाले लामो समयदेखि खतरा बढेको गुनासो गर्दै आएका थिए । गएको हप्ता एउटा राष्ट्रिय राजमार्गमा हजारौँ प्रदर्शनकारीले अवरोध पुर्याएपछि सरकारले सहयोग र अध्ययन सुरु गरेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।