पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले तालाबन्दी गरेका छन् ।
वडा अध्यक्षले उपभोक्ता समिति नै गठन नगरी तिजालीका सडकको मर्मत संभारको काम सुरु गरेकाले तालाबन्दी गरिएको स्थानीय रामबहादुर बोहराले जानकारी दिनुभयो ।
उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैर कानुनी भएकोले संघर्ष गर्नुपरेको स्थानियबासीहरु बताउँछन् । कसैसँग पनि छलफल नगरी अध्यक्षले ५ लाख ५० हजार बराबरको रकम एकलौटी रुपमा जोडर ल्याएर काम सुरु गरेकाले तालाबन्दी गरेको संर्घष समितिका संयोजक रामबहादुर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘स्थानीयलाई जानकारी नदिएर लाखौं रकम खर्चेर आफूखुशी काम गराएकाले हामीले ताला लगाएका हौँ ।’
दशैँमा बाटो खोल्न हतार भएका कारण उपभोक्ता समिति गठन नगरेरै काम गर्ने सल्लाह भएको शिखर नगरपालिका वडा नं–५ तिजालीका वडा अध्यक्ष पदम बोहराको दावी छ ।
उहाँले भन्नुभयो ‘बर्षाले बाटो बिग्रिएका थिए, दसैंकाे बेला हतार भएका कारण सल्लाह गर्न नपाएकाले काम सुरु गरेका हौँ ।’
सबै स्थानीयसँग छलफल गर्दा पहिला सडक खोलौै उपभोक्ता समिति बिस्तारै गरौँला भनेको वडा अध्यक्ष बोहराले बताउनुभयो । तिजाली भित्र रहेका बर्षाको समयमा बिग्रिएका भत्किएका ६ वटा बस्तीसम्म जाने सडक सरसफाई गर्नका लागि काम भैरहेको वडा कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।