भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडाैं – यो शुक्रबार दुईवटा चलिचत्र एक साथ प्रदर्शनमा आएका छन् । किशोर भण्डारीको निर्देशन रहेको चलचित्र ‘चङगा’सँगै ‘मट्टिमाला’ प्रदर्शनमा आएको छ । चाखलाग्दो कुरा के छ भने प्रदर्शनमा आएका दुई वटै सिनेमामा अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
किशोर भण्डारी (डिट्ठा साब)को निर्देशन रहेको चलचित्र ‘चङ्गा’मा बुद्धिसँगै अंकित खड्का, लक्ष्मीवर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराइलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । टिपिकल गाउँले जीवनको कथा बोकेको यो चलचित्र कमेडी जनरामा निर्माण भएको छ । चलचित्रलाई रेश्मा तिमिल्सिनाले निर्माण गरेकी हुन् ।
टेक पौरखीले निर्देशन गरेको चलचित्र ‘मट्टीमाला’ यसमा समावेश गरिएको गीतका कारण चर्चामा छ । ‘बेचिदिन्थे यो जवानी’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्कीलाई फिचर गरिएको छ ।
यस चलचित्रमा बुद्धि तामाङसँगै रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वी राई, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय छ । सानो पर्दामा निकै रुचाइएको हैट र मंगलीको जोडीलाई ठूलो पर्दामा पनि दर्शकको साथ मिल्नेमा निर्माण पक्ष आशावादी देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।