६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालको व्यापार घाटा दुई खर्ब रुपैयाँभन्दा धेरैले घटेको छ । आयातमा कमी आएपछि चालु आर्थिक वर्षको नौ महिनामा व्यापार घाटा पोहोरको तुलनामा दुई खर्ब २३ अर्ब रुपैयाँ अर्थात् १७ दशमलव छ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि चैतसम्म १३ खर्ब छ अर्ब रुपैयाँ व्यापार घाटा भएकोमा यो वर्ष १० खर्ब ८३ अर्ब रुपैयाँ घाटा भएको छ । यो वर्ष आयातमा पनि दुई खर्ब ६६ अर्ब रुपैयाँ अर्थात् १८ दशमलव आठ प्रतिशतले कमी आएको छ । नौ महिनामा १२ खर्ब एक अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।
यस्तै निर्यातमा पनि ४२ अर्ब रुपैयाँ अर्थात् २६ दशमलव ३४ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षको नौ महिनामा एक खर्ब ६० अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले एक खर्ब १८ अर्ब रुपैयाँको मात्रै वस्तु नेपालबाट अन्य देशमा गएको छ ।
साउनदेखि चैतसम्मको नौ महिनामा नेपालले विभिन्न देशबाट ४३ अर्ब ५३ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । यस्तै साढे २५ अर्ब रुपैयाँको फलफूल र तरकारी, ७१ अर्ब रुपैयाँको घिउ–तेल, दुई खर्ब ६१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, साढे ४५ अर्ब रुपैयाँको प्लास्टिक, एक खर्ब रुपैयाँको फलामलगायतका वस्तु आयात भएको छ । निर्याततर्फ सबैभन्दा धेरै १० अर्ब रुपैयाँको चिया–कफी, २६ अर्ब रुपैयाँको घिउ–तेल, आठ अर्ब रुपैयाँको कपडा र सात अर्ब रुपैयाँको फलामलगायतका वस्तु निर्यात भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।