१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले खनिजजन्य वस्तुको उत्खनन गर्नुपर्छ भन्ने रिर्पोट बाहिर ल्याउन माग गर्नुभएको छ ।
शुक्रवार अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासङ्घको तर्फबाट आउँदाे बजेटमा सुझाव दिँदै अध्यक्ष ढकाले यस्तो माग गर्नुभएको हो । उहाँले चुरे क्षेत्र उत्खननका विषयमा बनाएको प्रतिवेदनमा चुरे क्षेत्रमा उत्खनन गरी वर्षको पाँच खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने रिपोर्ट आएकाले सार्वजनिक नभएको भन्दै तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । चुरे क्षेत्रबाट बगेर गएको गिट्टी, बालुवालाई व्यवस्थापन गर्ने गरी बजेटमा व्यवस्था गर्नुपर्ने उहाँकाे माग छ ।
अध्यक्ष ढकालले सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषको कम्तीमा २० प्रतिशत उत्पादन र सेवामूलक क्षेत्रमा लगाउन सक्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले कोषहरूमा जम्मा भएको अर्बाैँ रुपैयाँमा बैंकहरूले कति ब्याज दिन्छन् भनेर खोजेर बसेको अवस्था रहेको भन्दै कोषमा जम्मा भएको २० प्रतिशत रकमलाई उत्पादन क्षेत्रमा लगानी गर्ने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले विदेशी अनुदान पनि निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था गर्न माग गर्नुभयो । कृषि क्षेत्रलाई प्रोत्साहन गर्नका लागि खेतदेखि खाडीसम्म पुर्याउने नीति बनाउनुपर्ने उहाँकाे भनाइ छ ।
ढकालले सरकारले कमर्सियल सवारी साधनहरूको शतप्रतिशत बीमा र भुक्तानी नभएसम्म बाहिर चल्न नदिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले सरकारले त्यस्तो व्यवस्था गरिदिए बैंकमा पसेको कर्जा नियन्त्रण हुने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।