पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशसभाको शुक्रबार बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
संसद सचिवालयले सूचना टाँसेर प्राविधिक कारणले १८ गतेसम्मका लागि बैठक स्थगित गर्नुपरेको जनाएको छ । संसद सचिवालयले सूचना टाँसेर अर्को बैठक कात्तिक १८ गते दिउँसो ३ बजेका लागि तोकिएको छ ।
कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले १८ गते बस्ने संसद बैठकले कर्णाली प्रदेशसभा सदस्य र मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा सम्बन्धी बनेको विधेयक माथि छलफल गर्ने कार्य सूची रहेको बताउनुभयो ।
यस्तै बैठकले दोश्रो अधिवेशन समेत सपन्न गर्ने सम्भावना रहेको सभामुख शाहीले जानकारी दिनुभयो । ‘शुक्रबार बस्ने भनिएको बैठक प्राविधिक कारणले स्थगित गरेका हौँँ’, उहाँले भन्नुभयो, ‘अब बस्ने बैठकले दोस्रो अधिवेशन समापन गर्ने सम्भावना रहेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।