माओवादीको एक महिने मधेश जागरण अभियान स्थगित
फागुन २४, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरकाे अनुराेध स्वीकार गरेर इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित अन्य विशिष्ट व्यक्ति पैदलै वसन्तपुर पुगेकाेमा आभार व्यक्त गर्नुभएकाे छ ।
आज बिहीवार इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पाैडेलसहित अन्य विशिष्ट व्यक्ति न्युराेडकाे जुद्धशम्शेरकाे शालिकबाट हिँडेर वसन्तपुर पुगेकाे थिए । मेयर शाहले सामान्यजस्ताे लागे पनि काठमाण्डाैका सम्पदा संरक्षणमा याे अर्काे फड्काे भएकाे बताउनुभएकाे छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, ‘राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाण्डाै महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको 'नो भेहकल जोन' (गाडी निषेधित क्षेत्र) मा गाडी प्रवेश गराइदिनु भएन । उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भयाे । हामीलाई विश्वास छ, यसबाट राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्यजस्तो लागे पनि काठमाण्डाैका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।’
तस्बिर : मेयर शाहकाे फेसबुकबाट
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।