नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - सरकारले सहुलियत मूल्यमा बिक्री गर्ने खसी, बोका र चाङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री गर्ने गरी खसीबोका र च्याङ्ग्राको मूल्य तोकेको हो ।
जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६ सय ८० रुपैयाँ र जिउँदो चाङ्ग्राको प्रतिकिलो मूल्य एक हजार २ सय ६० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो मूल्यमा कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिनेछ । तर सरकारी स्वामित्वको कम्पनीले छुट दिएको दाबी गरे पनि बजारमा व्यापारीहरुले बिक्री गरिरहेको मूल्यभन्दा किलोमै ३० रुपैयाँ महँगो परेको छ ।
अहिले काठमाण्डौको बजारमा खसीबाेका किलोको ६ सय ४० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । च्याङ्ग्रा भने अरु व्यापारीले बिक्री गरिरहेको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेको मूल्य सस्तो छ । व्यापारीहरुले च्याङ्ग्रा किलोको एक हजार तीन सय ५० रुपैयाँमा बिक्री गरिरहेका छन् ।
कम्पनीले यो वर्ष दुई हजार खसीबाेका र एक हजार च्याङ्ग्रा खरिद गरी काठमाण्डौ ल्याएको छ । कम्पनीको थापाथलीमा रहेको कार्यालयबाट आज बिहानदेखि बिक्री शुरु भएको कम्पनीले जनाएको छ ।
यसैबीच पशुसेवा विभागले सिङमा हरियो रङ लगाएको खसिमात्र किन्न उपभोक्तालाई अनुरोध गरेको छ।
विभागले काठमाण्डौका विभिन्न ११ ठाउँमा खसीबाेकाको परीक्षण गरी स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाइरहेको विभागले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।