इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – रोजगारीका लागि मलेसिया जानुभएका दाङका एक जनाको ज्यान गएको छ ।
शान्तिनगर गाउँपालिका २ को बाघमारे भन्ने ठाउँका ४२ वर्षीय मोहन केसी (कान्छो) को गएको असोज २९ गते नेपाली समयअनुसार बेलुका साढे चार बजेतिर ज्यान गएको हो ।
दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि उहाँलाई मलेसियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा ज्यान गएको आफन्त सुरेश ओलीले बताउनुभयो ।
केसी डीएचएल सप्लाई चैन कम्पनीमा ‘सेक्युरिटी गार्ड’ को रुपमा काम गर्न एक महिनाअघि मात्रै मलेसिया जानुभएको थियो । उहाँको शव सोमबार नेपाल ल्याउने तयारी भएको ओलीले जानकारी दिनुभयो ।