ग्वार्को फ्लाईओभरको ठेकेदार कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने

 पुष ९, २०८१ मंगलबार १५:७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – थपिएको समयमा पनि काम पूरा नगरेपछि ग्वार्को फ्लाईओभर निर्माणको जिम्मा पाएको कम्पनीले आजदेखि सरकारलाई जरीवाना तिर्नुपर्ने भएको छ ।

थपिएको म्याद अनुसार पुसको ८ गते अर्थात् हिजोसम्ममा फ्लाईओभरको सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने थियो । तर अहिलेसम्म ८२ प्रतिशत मात्रै काम सकिएको छ ।

सडक विभाग माताहतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर कम्पनीले आजदेखि दैनिक कुल ठेक्का रकमको शून्य दशमलव ८८ प्रतिशत जरीवाना तिर्नुपर्नेछ ।

ग्वार्को फ्लाईओभरको ठेक्का रकम १७ करोड ६ लाख रुपैयाँ रहेको छ ।सम्झौता अनुसार कम्पनीले २०८० सालको फागुन ११ गतेभित्रै फ्लाईओभरको काम सक्नुपर्ने थियो तर काम नसकिएपछि १० महिना म्याद थपेर हिजो अर्थात् पुसको ८ गतेलाई पुर्‍याएकोमा काम अलपत्र नै छ ।

इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्शन (ईपीसी) मोडलमा सम्झौता भएकाले अब म्याद थप नहुने केन्द्रले जनाएको छ । अबको तीन महिनामा पनि काम नसकेमा जरीवाना रकम बढ्दै जानेछ ।

अन्तिम अपडेट: पुस १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया