सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : व...
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । आज रास्वपा सांसदहरु सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेलाई निलम्बन नगर्न ध्यानाकर्षण गराउनुभएको हो ।
लामिछानेविरुद्ध हिजो जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधमा जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ । मुद्दा दर्तापछि लामिछानेको सांसद पद निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले संसद् सचिवालयलाई पत्र पठाएको छ । तर संसदको कानुन र सर्वोच्च अदालतको फैसलाको नजिर अनुसार लामिछानेको पद निलम्बनमा नपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको तर्क रहेको छ ।
आफूले अहिले कानून र सर्वोच्चको यसअघिको फैसला अध्ययन गरिरहेको र कानून अनुसार नै निर्णय गर्ने सभामुख घिमिरेले जवाफ दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।