राहदानी सूचकाङ्कमा नेपाल अघिल्लो वर्षभन्दा कमजोर : सिङ्गापुर विश्वकै शीर्ष स्थानमा

 पुष २७, २०८१ शनिबार ७:२३:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ ।

सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यसवर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ रहेको थियो ।

सन् २०२५ को राहदानी सूचकाङ्कमा सिङ्गापुर विश्वमै शीर्ष स्थानमा परेको छ । उसको राहदानीले एक सय ९५ देशमा भिसा–मुक्त पहुँच सुविधा प्रदान गर्छ ।

दोस्रो स्थानमा जापान रहेको छ, जसको राहदानीले एक सय ९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् । अमेरिका नवौँ नम्बरमा छ । उसको राहदानीले एक सय ८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्‍याङ्किङले त्यहाँका नागरिकको अवस्था र देशको कूटनीतिक सम्बन्धलाई उजागर गरेको छ ।

रिपोर्टअनुसार पाकिस्तानी राहदानी विश्वव्यापी रूपमा सबैभन्दा खराब छ । पाकिस्तानको राहदानी सोमालियाको भन्दा पनि खराब छ ।

त्यस्तै अफगानिस्तान, इराक, सिरियालगायत देशको राहदानी पनि विश्वमा कमजोर राहदानीमध्येमा परेको छ ।

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया