नेपालमा पहिलो पटक हुन लागेको भलिबल लिगको लोगो र नारा सार्व...
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – सरकारले विपद् पुनर्निर्माणलाई छिटो, छरितो र प्रभावकारी बनाउन ‘विपद् पुनर्लाभ कार्ययोजना’ निर्माण थालेको छ । विपद् व्यवस्थापनको जिम्मेवारी पाएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् पुनर्निर्माणको कामलाई द्रुत र प्रभावकारी बनाउन एकीकृत रूपमा काम गर्ने गरी पुनर्लाभ कार्ययोजना निर्माण थालेको हो ।
अहिलेसम्म पुनर्निर्माणको काम शुरू हुन नसकेको भूकम्प गएको क्षेत्र पश्चिम नेपालको जाजरकोट, डोटी, बझाङलगायत जिल्लामा प्राथमिकीकरण गरेर यही पुस मसान्तदेखि नै कुनै एक ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाउने गरी योजना निर्माण थालिएको प्राधिकरणका सहसचिव डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो । अहिलेसम्म उद्धार, राहत तथा अस्थायी आवासका काममा केन्द्रित भएको र त्यो काम सम्पन्न भएकाले अब पुनर्निर्माणलाई तीव्रता दिन लागेकाे उहाँले बताउनुभयाे ।
प्राधिकरणका अनुसार स्थायी आवासका लागि रकम कति दिने भनेर निर्णय हुन लामो समय लागेको थियो । प्राधिकरणले पुनर्निर्माणमा रकम कति दिने भनेर निधो गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ, मन्त्रिपरिषद्बाट निर्णय हुनेबित्तिकै स्थायी आवासको पुनर्निर्माणका लागि कार्यविधि जारी गर्ने अवस्थामा पुग्ने र स्थायी आवास पुनर्निर्माण बाटोसमेत खुल्ने प्राधिकरणका सहसचिव भुसालले बताउनुभयो ।
त्यसअघि अस्थायी आवास लिएकाहरू वास्तविक लाभग्राही हुन् कि होइनन् भनेर यकिन गनुपर्ने हुन्छ । प्राधिकरणमा अहिले विभिन्न मन्त्रालयले बाढी–भूकम्पले क्षति गर्याे, पुनर्निर्माणका लागि पैसा चाहियो भनेर माग गरिरहेका छन् ।
भुसालका अनुसार २०७२ सालको भूकम्पमा एक सय ९७ वटा गैरसरकारी संस्थाले काम गरेका थिए । अहिले एक दर्जन पनि देखिएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।