सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए

 पुष ९, २०८१ मंगलबार १६:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास छिचोलिएका छन् । यसअघि गएको भदौ २६ गते बाइपास सुरुङ तीनको, असोजको ४ गते बाइपास सुरुङ एकको र अस्ति सुरुङ दुईको बाइपास छिचोलिएको आयोजनाले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग बनिरहरेको छ । सुरुङमार्गको भौतिक प्रगति ३५ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति ३२ दशमलव २ प्रतिशत रहेको छ ।

आयोजनाका अनुसार झन्डै एक किलोमिटर मुख्य सुरुङ खनेर सकिएको छ । अब ९० मिटर खनेपछि मुख्य सुरुङ छिचोलिनेछ ।

चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । २०८३ सालको चैतमा सुरुङमार्गको काम सकिने आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया