४ करोडभन्दा धेरै सम्पत्तिको स्रोत नखुलेपछि सिँचाइ विभागका तत्क...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – पाकिस्तान र यूएईमा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि न्युजिल्यान्डको टोली घोषणा भएको छ । न्युजिल्याण्ड क्रिकेट बोर्डले आज मिचेल स्यान्टनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा तीव्र गतिका बलर लोकी फर्गुसन र बेन सियर्सले पुनरागमन गरेका छन् । सियर्स, विल ओरोर्के र नाथन स्मिथलाई आईसीसीको प्रतियोगिताका लागि पहिलो पटक छनोट गरिएको छ । यस्तै श्रीलङ्कासँगको टी–ट्वान्टी र एकदिवसीय श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका जेकब डफीलाई रिजर्भमा राखिएको छ ।
न्युजिल्यान्डले पाकिस्तान र दक्षिण अफ्रिकासँग हुने त्रिदेशीय एकदिवसीय श्रृङ्खलालाई च्याम्पियन्स ट्रफीको अन्तिम तयारीका रूपमा लिएको छ । च्याम्पियन्स ट्रफीमा एकदिवसीय विश्वकप– सन् २०२३ को शीर्ष आठ टोलीको सहभागीता रहेको छ ।
न्युजिल्याण्डको टोलीमा मिचेल सान्टनर (कप्तान), माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कन्वे, लोकी फर्गुसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, विल ओरोर्के, ग्लेन फिलिप्स, रचिन रवीन्द्र, बेन सियर्स, नाथन स्मिथ, केन विलियम्सन र विल योङ रहेका छन् । न्युजिल्याण्ड समूह ‘ए’ मा रहेको छ । यो समूहमा भारत, बङ्गलादेश र पाकिस्तान रहेका छन् । न्युजिल्याण्डले फेब्रुअरी १९ तारिखमा घरेलु टोली पाकिस्तानसँग कराँचीमा खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।