सन् २०२५ सँगै क्लासिक टेकको ‘१२ मा १२ बोनस’
पुस २६, २०८१ शुक्रबार
भर्खरै सकिएको अङ्ग्रेजी वर्ष सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको छ । युरोपेली जलवायु एजेन्सी कोपरनिकसले सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनेको र पहिलो पटक विश्वव्यापी औसत तापक्रम पूर्व–औद्योगिक स्तरभन्दा एक दशमलव ५ डिग्री सेल्सियस बढी रहेको बताएको हो ।
कोपर्निकस एजेन्सीका अनुसार सन् २०२४ को जनवरीदेखि जुनसम्मको हरेक महिना अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो । जुलाईदेखि डिसेम्बरसम्म अगस्टबाहेक बाँकी सबै महिना सन् २०२३ पछि दोस्रो सबैभन्दा तातो महिनाका रूपमा रेकर्ड गरिएको थियो ।
वैज्ञानिकहरूका अनुसार सन् २०२४ मा विश्वको औसत तापक्रम १५ दशमलव १ डिग्री सेल्सियस थियो । यो १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ७२ डिग्री र २०२३ भन्दा शून्य दशमलव १२ डिग्रीले धेरै हो । सन् १८५० देखि विश्वको तापक्रमको रेकर्ड राख्न शुरू भएपछि २०२४ सबैभन्दा तातो वर्ष बनेको हो । यो वर्ष औसत तापक्रम १८५०–१९०० को आधार रेखाभन्दा १ दशमलव ६० डिग्री सेल्सियसले धेरै हो ।
सन् २०१६ मै पृथ्वीको तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य राखिएको थियो । तर हरित ग्यास उत्जर्सन, जीवाश्म इनधनको प्रयोग लगायतका मानवीय गतिविधिका कारण विश्व तापमानले सीमा पार गर्ने अवस्था आएको प्रतिवेदनमा उल्लेख छ ।
अक्सफोर्ड विश्वविद्यालयको भौतिकशास्त्र विभागका र संयुक्त राष्ट्र प्रतिवेदनका लेखक माइल्स एलेनले हामी विश्व तापमानको सीमा पार गर्नबाट निकै नजिक रहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।