इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डाै – साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका ४ देवीनगरका मोहन जर्घाको शव नेपाल ल्याउन समस्या भएको छ ।
साउदी अरब पुगेको २२ दिनमै सडक दुर्घटनामा परेर २२ वर्षीय जर्घाकाे गएको पुस २३ गते उहाँकाे ज्यान गएकाे थियाे । उहाँकाे शव नेपाल ल्याउन समस्या भएको परिवारले बताएका छन् ।
आफूले चिनेजानेका र सहयोग गर्ने कोही नभेटिएकाले शव कसरी ल्याउने थाहा नभएको उनीहरुको गुनासो छ ।
जर्घा राेजगारीकाे सिलसिलामा काठमाण्डाैकाे सिनामङ्गलमा रहेको फजल इन्टरनेशनल प्रालिमार्फत साउदीको रियाद पुग्नु भएको थियो ।