त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित (फोटो फिचर)
पुस १३, २०८१ शनिबार
काठमाडौं – रोजगारीका लागि कुवेत पठाउन प्रतिव्यक्ति एक लाख ८० हजार रुपैयाँ लिएको भन्दै उजुरी परेपछि काठमाडौंको एक म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
विभागले बसुन्धारामा रहेको अल स्किल्स इन्टरनेसनल ह्युमन रिसोर्स म्यानपावरमा सोमबार साँझ छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । विभागका अनुसार म्यानपावरले मंगलबारको उडानमा ३५ जना युवालाई कुवेत पठाउँदै थियो । पीडितको उजुरीका आधारमा छापा मारिएको हो ।
कुवेत जान लागेका ती युवालाई तोकिएकै शुल्कमा पठाउने विभागले जनाएको छ । कुवेत जान बढीमा १० हजार रुपैयाँ तिरे पुग्छ । म्यानपावरमाथि भने छानविन र कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।