युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने स्लोभाकियाको चेतावनी

 पुष १३, २०८१ शनिबार १५:३४:३४ | एजेन्सी
unn.prixa.net

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा बिजुली आपूर्ति बन्द गर्ने चेतावनी दिनुभएको छ । रुसबाट युक्रेन हुँदै अहिले स्लोभाकियामा ग्यासको आपूर्ति हुँदै आएको छ ।

युक्रेनले अब आफ्नो भूमि हुँदै रुसबाट स्लोभाकिया जाने ग्यास पाइपलाइनको सम्झौता नवीकरण नगर्ने बताएपछि स्लोभाकियाले पनि युक्रेनमा बिजुली रोक्ने चेतावनी दिएको हो ।

रुसबाट युक्रेन हुँदै स्लोभाकिया जाने ग्यास पाइपलाइनको सम्झौता आउँदो हप्ता समापन हुँदैछ । रुस र स्लोभाकियाले सम्झौता नवीकरण गर्ने तयारी गरे पनि युक्रेनले इन्कार गर्दै आएको छ ।

स्लोभाकियाका प्रधानमन्त्री फिकोले भन्नुभएको छ, ‘यदि आवश्यक भएमा, हामी विद्युतको आपूर्ति रोक्नेछौँ, जुन युक्रेनलाई आजको समयमा अत्यावश्यक छ ।’ युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन हुँदै स्लोभाकियामा जाने रुसी ग्यासको निरन्तरतामा विरोध गरेपछि फिकोको टिप्पणी आएको हो ।

यदि रुसी ग्यासको आपूर्ति रोकिएमा युरोपेली युनियनले दुई वर्षमा एक सय २० अर्ब युरो खर्च गरेर अर्को योजना बनाउनुपर्नेछ । किनकी, स्लोभाकियाबाट ठूलो मात्रामा युरोपमा ग्यास निर्यात हुँदै आएको छ ।

रुसी ग्यास अरु देशलाई बेचर स्लोभाकियाले हरेक वर्ष कमाउँदै आएको ५० करोड डलर भन्दा धेरै आम्दानी पनि गुम्नेछ ।

स्लोभाकियाका प्रधानमन्त्री फिकोले रुस–युक्रेन शान्ति वार्ता आयोजना गर्न पनि तयार रहेको बताउनुभएको छ । फिकोले डिसेम्बरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका गर्नुभएको थियो । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया