कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास

 पुष १३, २०८१ शनिबार १८:१८:१० | रासस
unn.prixa.net

कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गर्नुभएको हो । चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ ।

शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र पालिकाहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताउनु भयो ।

चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरु अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ ।  यसले  नेपाल आउने पर्यटकको बसाइ कम्तीमा सात दिन लम्बिने विश्वास लिएको बताउनु भयो । 

अन्तिम अपडेट: पुस १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया