दक्षिण कोरियामा १ सय ८१ जना बोकेको विमान दुर्घटना, कम्तीमा २...
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – न्यूरोड टीम एनआरटीलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
पाँचथरको फिदिम माविको मैदानमा भएको खेलमा मच्छिन्द्रले एनआरटीलाई १–० गोलले हराएर उपाधि नजिकै पुगेको हो । मच्छिन्द्रको लागि दयानन्द सिँहले गोल गरे ।
अब मच्छिन्द्रले उपाधिको लागि चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३–१ गोलले हराउँदै चर्च ब्वाइज फाइनलमा पुगिसकेको छ ।
फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख पाँच सय ५५ र उपविजेता टोलीले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
पुस ६ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल र भारतका १० टिम सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।