रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ संस्थाको इजाजत नवीकरण गरेको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले प्रत्येक आर्थिकमा नवीकरण गर्नु पर्ने नियमअनुसार २१५ संस्थाहरूको नवीकरण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्नका लागि मन्त्रालयमा सूचीकरण भएका संस्थाहरूले तोकिएको दस्तुर, कागजात र विवरणसहित नवीकरणका लागि आवेदन दिएअनुसार २१५ वटा संस्थाको अनुमति नवीकरण भएको हो ।
वैदेशिक रोजगारीमा जानेहरुले यीनै संस्थाहरू मार्फत स्वास्थ्य परीक्षण गराउन सक्छन् ।