नेपालमा भुटानी शरणार्थीको अवस्था र अधिकारमाथि केन्द्रित सम्मेल...
पुस ५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपालमा एक जना 'मङ्कीपक्स' का सम्भावित सङ्क्रमित भेटिएका छन् । मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएका ती बिरामीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । साउदी अरबबाट फर्किएका ती नेपाली नागरिक हुन् ।
यसअघि गएको असारमा नेपाल आएकी एक जना विदेशी महिलालाई पनि मङ्कीपक्स पुष्टि भएको थियो । तर नेपालीलाई मङ्कीपक्सको मिल्दोजुल्दो लक्षण देखिएको यो पहिलो पटक हो । टेकु अस्पतालका एक जना डाक्टरका अनुसार ती बिरामीको अवस्था सामान्य नै छ ।
मङ्कीपक्स एक सरुवा रोग हो । मङ्कीपक्स भाइरस मानिसबाट मानिसमा थुकको छिटा, मुखलगायतको माध्यमबाट सर्ने गर्छ । सरुवा रोग विशेषज्ञका अनुसार ज्वरो आउनु, चिसो लाग्नु, टाउको र मांसपेशी दुख्नु, थकान महसूस हुनु, लिम्फ नोडहरू सुन्निनु लगायत मङ्किपक्सका प्रारम्भिक वा सामान्य लक्षण हुन् ।
कतिपय अवस्थामा अनुहारबाट शुरू भई हात–खुट्टासम्म फैलिने दागहरू विकास हुने गर्छ । केही बिरामीमा थोरै घाउ तथा हल्का पीडा महसूस भए पनि केही बिरामीमा शरीरभरि दाना तथा गम्भीर लक्षण देखिन सक्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।