एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – ११औँ नेपाल भौगर्भिक सम्मेलनमा ७५ वटा कार्यपत्र प्रस्तुत गरी छलफल भएको छ । चौध वटा सत्रमा प्रस्तुत भएका ७५ मध्ये ६० वटा नेपाली भूगर्भविद् र १५ वटा विदेशी भूगर्भविद्को कार्यपत्र रहेका नेपाल भौगर्भिक समाजले जनाएको छ ।
समाजले सोमवारदेखि काठमाण्डौमा आयोजना गरेको दुई दिने सम्मेलन हिजो समापन भएको हो । सम्मेलनमा जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतहरूको उपयोग र भू–जोखिम व्यवस्थापनमा भूगर्भ विज्ञानको भूमिकालाई उजागर गर्ने, भूगर्भ विज्ञानका क्षेत्रमा भएका नयाँ अनुसन्धान, प्रविधि र अनुभवको आदानप्रदान भएको समाजका अध्यक्ष चुर्णबहादुर ओलीले बताउनुभयो ।
सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रलाई राखेर यसैवर्ष जर्नल प्रकाशित गरिने भएको छ । जलवायु परिवर्तनका असर, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापनसम्बन्धी ज्ञान आदानप्रदान गर्न सम्मेलनले सहयोग गरेको उहाँको भनाइ थियो ।
सम्मेलनमा अन्तर्राष्ट्रिय विशेषज्ञता आदानप्रदान, भौगर्भिक अनुसन्धानको प्रवर्द्धन तथा भूगर्भशास्त्रका नयाँ उपलब्धि र तिनको प्रयोगसम्बन्धमा विमर्श भएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत, चीन, भुटान, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्यान्ड्स, स्वीट्जरल्यान्ड, इटाली, पोल्यान्ड, दक्षिण कोरिया, जापान, बङ्गलादेश र पाकिस्तानका भूगर्भविद्को सहभागिता रहेको थियो ।
सम्मेलनमा दुई सय जना भूगर्भविद् अन्य क्षेत्रका एक सय जना गरी तीन सयजना विज्ञको सहभागिता रहेको सम्मेलन संयोजक प्रा.डा.खुमनारायण पौडेलले जानकारी दिनुभयो । सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भ विज्ञानबारे विचार आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।
प्रस्तुत भएका अनुसन्धानपत्र र भूगर्भीय अध्ययन तथा अनुसन्धानबारे सम्मेलनमा विस्तृत छलफल भएको थियो । २०५६ देखि सम्मेलन हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ ।
समाजले आयोजना गरेको ११औँ सम्मेलनमा टोनी हेगन मेमोरियल फाउन्डेसनको सहयोगमा पहिलो पटक टोनी हेगनमेमोरियल अवार्ड पनि वितरण गरिएको छ ।
यो अवार्ड यसवर्ष डा.विशालनाथ उप्रेतीलाई दिइएको हो । कार्यक्रममा डा.टोनी हेगनले पश्चिम नेपालमा गर्नुभएको भौगर्भिक अध्ययन, अनुसन्धानका विषय समेटिएको पुस्तक ‘जियोलोजिकल सर्वे अफ नेपाल भोलुम ३’ पनि सार्वजनिक गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।