नेपाल नामिबियासँग फेरि पराजित
फागुन २८, २०८१ बुधबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न सकेको छैन । पानी पनि पर्न नसक्दा वायु प्रदूषणको मात्रा अस्वस्थ स्तरमा पुगेको छ ।
वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकका अनुसार काठमाण्डौ आज विश्वकै दोस्रो बढी प्रदूषित शहरको सूचीमा छ । काठमाण्डौमा बिहान ९ बजे आईक्यू एअर सूचकांक एक सय ८४ रहेको छ ।
पहिलोमा भारतको दिल्ली रहेको छ । दिल्लीको सूचकांक दुई सय ३० छ । त्यस्तै तेस्रोमा बङ्गलादेशको ढाका रहेको छ । त्यसपछि पाकिस्तानको लाहोर र कुवेत छन् ।
यसअघि विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदुषित देशहरुको सूचीमा नेपाल सातौ नम्बरमा पुगेको उल्लेख छ ।
तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।