विभिन्न १० निर्माण कम्पनी कालोसूचीमा

 फागुन २८, २०८१ बुधबार ११:५७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज सार्वजनिक सूचना निकालेर दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जानकारी दिएको हो ।

गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्राली काठमाण्डौ डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।

त्यस्तै सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा, अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्राली काठमाण्डौ, जी.एस. निर्माण संसार कम्पनी र कमन कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

जी.एस. निर्माण संसार कम्पनीका मुख्य व्यक्ति गोपालप्रसाद दाहाल र कमन कन्स्ट्रक्सनका मुख्य व्यक्ति कमानसिंह लामा हुन् ।

त्यसैगरी भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् । जिम्मा लिएको काम सन्तोषजनक नभएका निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने गर्छ ।

कालोसूचीमा परेको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने प्रावधान छ । 

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया