एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने

 फागुन २८, २०८१ बुधबार १५:७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलले नेपालमा थ्रीजी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले एनसेलले २०२५ भित्रै थ्रीजी बन्द गर्ने घोषणा गर्नुभएको हो । नेपाल आर्थिक पत्रकार समाजले आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा उहाँले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रीजी बन्द भइसकेकाले अब नेपालमा पनि पुरानो प्रविधिलाई बन्द गरेर नयाँ प्रविधिमा अभ्यस्त गर्न लागिएको बताउनुभयो ।

उहाँले अहिले पनि झन्डै ३३ लाख सेट टूजी प्रविधि मात्रै चल्ने रहेकाले नयाँ प्रविधिलाई अघि बढाउन ती सेटहरू बाधक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया