मस्कको स्टारलिंक ल्याउन भारतको जियो र एअरटेलबीच सम्झौता

 फागुन २८, २०८१ बुधबार १८:६:१७ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्टारलिंकको सेवा भारतमा ल्याउन दुई ठूला दूरसञ्चार सेवा प्रदायक भारती एअरटेल र रिलायन्स जिओले स्टार स्पेसएक्ससँग छुट्टाछुट्टै सम्झौता गरेका छन् ।

स्टारलिंक मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा हो । गएको महिना अमेरिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मस्कबीच भएको भेटमा अन्तरिक्ष, सञ्चार, प्रविधि र नवपर्वतनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । मस्कले सन् २०२१ मा नै भारतमा सेवा शुरू गर्न चाहेपनि नियम–कानूनको कठिनाइका कारण ढिलाइ भएको हो ।

स्टारलिंकको सेवा अहिले एक सय वटाभन्दा बढी देशहरूमा उपलब्ध छन् । भुटानमा पनि यसको सेवा छ । परम्परागत ब्रोडब्यान्ड सेवाहरू भूमिगत फाइबर केबल र सेलुलर टावरहरूमा भर पर्छन् भने स्टारलिंकले ‘लो अर्थ अर्बिट’ उपग्रहहरूमार्फत इन्टरनेट पहुँच प्रदान गर्दछ ।

प्रविधि उद्यमी मस्कको भारतमा व्यापारिक रुचि अहिले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा सीमित छ । विद्युतीय गाडी निर्माता टेस्लाले विश्वको पाँचौं ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयारी गरिरहेको छ ।

टेस्लाले गएको महिना नयाँदिल्ली र मुम्बईका लागि स्टोर प्रबन्धक र सेवा प्राविधिकहरूका लागि जागिरको विज्ञापन निकाल्दै भारतमा भर्ती शुरू गर्न थालेको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया