साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ल्याइयो

 फागुन २८, २०८१ बुधबार १८:२४:३६ | रासस
unn.prixa.net

तस्वीर : सामाजिक सञ्जाल

काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर २४ मा रहेको केशचन्द्र महाविहार, इतुंबहालका झन्डै साढे पाँच सय वर्ष पुराना तीन थान पौभाः अर्थात् चित्रकला अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ ।

अमेरिका पुगेका तीन थान पौभाः र अरू १७ थान मूर्ति नेवाः गुथि न्यूयोर्कको पहलमा आइतवार नेपाल ल्याइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहरू २०३७ साल भदौ २९ गते महाविहार परिसरबाटै हराएको जानकारी दिनुभयो ।

नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबीआईले शुरूमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए ।

अमेरिकाबाट नेपाल फर्काइएका ती पौभाःमा ‘चिन्तामणि लोकेश्वर’, ‘केशचन्द्र आजुको भैरव दर्शन’ र ‘गगनसिं तथा उहाँका दुई श्रीमती’ चित्रित छन् ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया