भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि राजावादीहरूको विरुद्धमा एकताबद्ध हुन आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको पार्टीको सचिवालय बैठकमा वर्तमान परिस्थितिका बारेमा लामो छलफल भएको र राजावादी, प्रतिगमनकारी, पुनराेत्थनवादी शक्तिहरू सल्बलाइरहेको भन्दै गणतन्त्रका विरुद्धमा षड्यन्त्र हुन नदिन गणतन्त्रवादी शक्तिहरूलाई एक हुन आह्वान गर्ने निर्णय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयाे ।
प्रवक्ता ज्वालाले गणतन्त्रको विकल्प अझ उन्नतस्तरको समाजवादी गणतन्त्र भएको निष्कर्ष पार्टीको रहेको बताउनुभयो । प्रतिगनकारी, यथास्थितिवादी शक्तिहरूका षड्यन्त्रलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्तिहरू एक हुनुपर्ने उहाँकाे भनाइ छ ।
यस्तै बैठकले रोजगारी र सुशासनका निम्ति आन्दोलन अघि बढाउने र आन्दोलनको रूपरेखाबारे जानकारी दिन चैत १ गते पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।