नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
मेरो नाम कुन्तीकुमारी चौधरी हो । मेरो घर उदयपुर चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा पर्छ । मेरो जीवन यति बेला दुःखको सागरमा डुबेको छ ।
यो दुःखमा मलाई अलिअलि सहयोग मलेसियामा बस्नुहुने तपाईँहरू सबैको चाहिएको छ । मेरो श्रीमान् प्रदीपकुमार चौधरी २०७३ सालमा दोस्रो पटक मलेसिया जानुभएको हो । त्यसअघि पनि मलेसियामा नै काम गरेर फर्कनुभएको थियो ।
मलेसियामा डब्ल्यु सिटी कन्स्ट्रक्सन एसडीएन बिएचडी नामक कम्पनीमा उहाँ श्रम स्वीकृति लिएर जानुभएको हो । उहाँलाई यो काममा काठमण्डौको वसुन्धारा स्थित पिजन ओभरसिजले पठाएको हो । नेपालबाट गएको डेढ वर्षसम्म त सम्पर्कमा नै हुनुहुन्थ्यो ।
तर २०७४ सालको मङ्सिर ४ गते हो मैले यहाँबाट फोन गर्दा उहाँको फोन लागेन । त्यस दिनदेखि मैले यहाँबाट हजारौँ पटक फोन गरिसकेँ । तर यताबाट गर्दा लागेन । नत उताबाट नै फोन आयो । उहाँले फोन गर्नुहुन्छ होला भनेर नै कुरियो निकै समय त । अब त आशै आसमा निराश भएका छौँ ।
केही सरकारी कार्यालयमा पनि निवेदन दिएका थियौँ । तर त्यो कार्यालयबाट पनि कुनै खबर आएको छैन । घरमा बुढा भएका सासू ससुरा हुनुहुन्छ । रोजीरोटी चलाउनै गाह्रो भएपछि म अहिले एउटा बिस्कुट फ्याक्ट्रीमा काम गरिरहेको छु । यही कमाइले छोराछोरीलाई पनि पढाइरहेको छु ।
सासू ससुरा बिरामी हुनुहुन्छ । दुवै जनालाई हातखुट्टा दुख्ने समस्याले च्यापेको छ । मैले जसोतसो काम गरेर बिहान बेलुकाको छाकको व्यवस्था त गरेको छु । तर राम्रो अस्पताल लगेर उहाँहरूको उपचार गर्न सकेको छैन ।
घरको दुःख एकातिर छ । अर्कोतिर मन भरी श्रीमानकै चिन्ता छ । कुन अवस्थामा हुनुहुन्छ होला ? केही भयो कि भनेर मन आत्तिइरहन्छ ।
सासू ससुरालाई झन् चिन्ता छ । म कमाउन हिँड्न परेको छ । उहाँहरूलाई मेरो पनि चिन्ता छ । यता घरमा भएका नातिनातिनाको पनि । छोराको पिरले त उहाँहरूका आँखा ओभाएका छैनन् । रोएरै दिनरात बिताइरहनुभएको छ।
छोरो आए सुखको सास जान्थ्यो भन्नुहुन्छ । तर म कहाँ जाऊ खोज्न । जाने ठाउँ पनि छैन । नत सरकारले नै हामी दुःखीको कुरा सुनिदिन्छ । मन त कति रुन्छ रुन्छ । तर के गर्नु । हामी गरिबको पिडा कसैले पनि नबुझ्ने रहेछन् ।
यदि तपाईँसम्म मेरो यो पुकार आइपुग्यो भने म सन्चै छु मात्र भनिदिए पनि पुग्छ । केही चाहिँदैन । तपाईँलाई राम्रो छ भन्ने मात्र सुन्न पाए पनि यो ज्यानले एक मुठी सास आरामको फेर्ने छ ।
sarmila tamang
July 12, 2023, 7:26 a.m.के गर्नु पर्देशिको life यस्तै हो धेरै पैसा कामाउला आफ्न घर परिवारलाई सुखमा रखाउला छोराछोरीको भबिस्य राम्रो बनाउला भनी हजारौं सपना बोकेर परदेश लागेका नेपाली दाजु भाइ दिदीबहिनीहरुको पीडा धेरै छ कुनैलाई बन्दक बनौछ्न कुनैलाई मार्छन गाह्रो छ पर्देशिको life आफुले चहेर पनि परिवारको माया मन भरी राखेर दिन रात रुदै बस्नु पर्छ contact गर्न समेत दिदैन मैले पनि आफैले भोगी रहेकी छु यस्तो समस्य। कसरी नेपाल फर्किनु मर्नुन बाच्नु भैंरहेछ life । यसरी यस्तो कुराहरु हजारौंको समक्ष पुरौनु हुने tpi उज्यालो अन्लाईन .com लाई धेरै धेरै धन्यवाद