अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन नासा र स्पेसएक्सले सञ्चालन गरिरहेको कार्यक्रम रोकिएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने योजना मिसन क्रू–१० रोकिएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार सुनिता र बुचकाे फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्नुपर्ने थियो तर यसमा समस्या देखिएपछि यसको प्रक्षेपण स्थगित गरिएको छ ।
स्पेसएक्सले मेशिनमा देखिएको समस्या कहिलेसम्म समाधान हुन्छ भन्ने स्पष्ट पारेको छैन । फाल्कन–९ लाई चार जना नयाँ अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगेर त्यहाँबाट सुनिता र बुचलाई फिर्ता ल्याउने जिम्मेवारी छ ।
दुवै यात्रीले अघिल्लो वर्ष जुन ५ मा स्पेसक्राफ्टलाई अन्तरिक्षयात्रीसहित अन्तरिक्ष केन्द्रमा पुर्याएर सुरक्षित फिर्ता ल्याउन सकिन्छ वा सकिँदैन भन्ने परीक्षणका लागि स्टारलाइनको अन्तरिक्ष यानबाट उडान भरेका थिए । आठ दिनपछि नै फर्कनुपर्ने उनीहरू स्पेसक्राफ्टमा समस्या आउन थालेपछि २ सय ८० दिनदेखि उतै अलपत्र परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षयात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलन मस्कलाई सुम्पिनुभएको छ । अन्तरिक्षयात्रीहरूको फिर्तीका लागि स्पेसएक्सको मेशिन फाल्कन–९ को अर्को प्रक्षेपण पर्सि शनिवार फेरि हुन सक्ने नासाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।