बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर भएका छन् । कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा म्याकगिललाई सिड्नी जिल्ला अदालतले आज दोषी ठहर गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
उनले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएका थिए । त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ ।
यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षी पूर्वक्रिकेटरलाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको खबरमा उल्लेख छ । जुरीले उनलाई व्यावसायिकस्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा भने निर्दाेष ठहर गरेको छ ।
स्पिनर म्याकगिलले सन् १९९८ देखि २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेलेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।