बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
काठमाण्डाै – पशुपक्षीमा एन्टिबायोटिकको अत्यधिक प्रयोगले मानिसलाई समेत समस्या आउन थालेपछि औषधि व्यवस्था विभागले बिक्रीमा कडाइ गरेको छ ।
पशुपक्षीमा एन्टिबायोटिकको जथाभाबी प्रयोगले मासु, दूध तथा अण्डाको माध्यमबाट मानिसमा पुग्ने र मानिसमा समेत औषधिले काम नगर्ने अवस्था आएपछि सूचना निकालेर सचेत गराएको विभागले जनाएको छ ।
विज्ञहरूले एन्टिबायोटिक औषधि प्रभावकारी हुन छाड्नु चिन्ताको विषय भएको बताउँछन् । विभागले निकालेको सूचनामा ६ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न भनिएको छ । अत्यावश्यक अवस्थामा चिकित्सकको सिफारिशमा प्रयोग गर्नुपर्ने र त्यस्ता औषधि अस्पतालहरूमा फार्मेसीबाट मात्रै बिक्री गर्नुपर्ने विभागले जनाएको छ ।
ब्याक्टेरियाविरुद्ध प्रयोग हुने एन्टिबायोटिक औषधिहरूको नेपालमा व्यापक दुरुपयोग भइरहेको गुनासो आएपछि सूचना निकाल्नुपरेको विभागले जनाएको छ । नेपालमा कृषि क्षेत्रमा समेत उत्पादन बढाउन एन्टिबायोटिकको प्रयोग अनावश्यक रूपमा बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा प्रयोग हुने भेटरीनरी औषधि र पूरक दानामध्ये झन्डै १३ प्रतिशत एन्टिबायोटिकको हुने गरेको छ । एन्टिबायोटिकको अत्यधिक प्रयोग हुने विश्वका ३० देशको सूचीमा नेपाल पनि पर्छ । पशुपक्षीलाई छिटो बढाउन वा धेरै दूध आउने बनाउनका लागि एन्टिबायोटिक प्रयोग हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।