प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी, आर्मी र एपीएफ विजयी

 फागुन २९, २०८१ बिहीबार १८:१३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर रङ्गशालामा भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो । लुम्बिनीले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रनमात्रै बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ६२ रन बनाए । लुम्बिनीका निर्मल गुरुङले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी ४९ ओभर ५ बलमा २ सय १७ रन बनाउँदा अलआउट भयो । लुम्बिनीका प्रज्ज्वल थापाले ७२ रन बनाए । गण्डकीका अमृत गुरुङले ३ विकेट लिए । प्रतियोगितामा लुम्बिनीको यो तीन खेलमा दोस्रो जीत हो भने गण्डकीको तीन खेलमा दोस्रो हार हो ।

रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १ सय २७ रनले हरायो । आर्मीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको कर्णाली ३७ ओभर १ बलमा १ सय ३५ रनमा अलआउट भयो । कर्णालीका प्रकाश जैशीले सबैभन्दा धेरै नटआउट ५० रन बनाए । आर्मीका शाहब आलमले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनायो । आर्मीका तृतराज दासले ६९ रन बनाए । कर्णालीका प्रकाश जैशीले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो लगातार तेस्रो जीत हो भने कर्णालीको तीन खेलमा दोस्रो हार हो ।

दाङको देउखुरी रङ्गशालामा भएको खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले हरायो । मधेशले दिएको १ सय ६९ रनको लक्ष्य एपीएफले ७९ बलअघि ८ विकेट गुमाएर भेटायो । एपीएफका सुमित महर्जनले ३५ रन बनाए । मधेशका कमल गुप्ताले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको मधेश ४० ओभर ४ बलमा १ सय ६८ रन बनाउँदा अलआउट भयो । मधेशका पवन सर्राफले सबैभन्दा धेरै ७७ रन बनाए । एपीएफका कमल ऐरीले ४ विकेट लिए । प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जीत हो भने मधेशको दुई खेलमा पहिलो हार हो ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया