बागमती प्रदेशले तीन वर्षदेखि साधारणसभा नगर्ने सहकारी संस्थाको...
फागुन २९, २०८१ बिहिबार
पाकिस्तानी सेनाले बलुचिस्तान प्रान्तमा रेल अपहरणपछि सुरक्षा बलको अभियान समाप्त भएको जनाएको छ । सशस्त्र लडाकूहरूले कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक बनाइएकामध्ये कम्तीमा तीन सय जना मुक्त भएका र उनीहरूको उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको पाकिस्तानी सेनालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पाकिस्तानी सेनाका प्रवक्ताले सुरक्षा कारबाहीमा कम्तीमा ३३ जना लडाकू मारिएको दाबी गरेका छन् । पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीहरूविरुद्ध सुरक्षा कारबाही शुरू हुनु अगाडि नै रेलमा रहेका २१ सर्वसाधारण र चार जना सैनिकको ज्यान गएको थियो ।
अस्ति क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकूहरूले गोली प्रहार गर्दै अपहरण गरेका थिए । सेनाका प्रवक्ताका अनुसार आक्रमण हुँदा रेलमा चार सय ४० जना हाराहारीमा यात्रु रहेका थिए ।
बीएलए पाकिस्तानको विद्रोही सङ्गठन हो । यो समूहले बलुचिस्तानको स्वतन्त्रता माग गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।