अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधिकरणकाे आग्रह

 फागुन २९, २०८१ बिहीबार १५:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखाले कुनै गाउँ वा टोलमा बिजुली नपुगेको भए खबर गर्न आग्रह गरेको छ ।

अर्घखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली पुगेको दाबी गर्दै कार्यालयले कुनै टोल वा गाउँमा बिजुली नपुगेको भए सूचना दिन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले निकाल्नुभएको सूचनामा यही आर्थिक वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको भन्दै कुनै टोल वा बस्तीमा बिजुली नपुगेको भए आउँदो चैत ३ गतेभित्र जानकारी दिन आग्रह गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई यो वर्ष पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ ।

अन्तिम अपडेट: फागुन २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया