इजरायलले गाजामा गरेको आक्रमणमा हमासका प्रहरी प्रमुखसहित ११ ज...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डाै - झापाका एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् ।
मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका-३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ ।
सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा समेत उजुरी रहेको छ ।
सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएकाे साउन महिनादेखि बेपत्ता बनेका थिए । उनले पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।