सरकारको आम्दानीभन्दा खर्च बढी : मुद्रास्फीति चार दशमलव १६ प्रतिशत
फागुन २७, २०८१ मंगलबार
रामराज श्रेष्ठ / बहराइन
प्रश्नः मैले तीन बर्ष बहाराइनमा काम गरीसके अब नेपाल छुट्टिमा जाने तयारीमा छु। यहि डिसेम्बर १६ मा नेपाल जाने टिकट पनि छ। छुटी १०० दिन छ। काठमाडौं पुग्ने बितिकै श्रम गरेर गाउँ तिर जाने बिचार गरेको थिए। तर सुन्दैछु सय दिनभन्दा बढी समय सम्म श्रम गरेर नेपाल बस्न पाइन्दैन रे। सत्य कुरा के होला जानकारी पाएँ आभारी हुने थिए।
उत्तरः रामराज जी, तपाईँको समस्या हामीले पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार श्रम गरेको ९० दिनभन्दा बढी बस्न नपाइने कानुनी व्यवस्था नेपालमा छैन। तर तपाईँलाई बहराइनबाट फर्किदा कतिदिन नेपालमा बस्न अनुमति दिएको छ त्यसमा भरपर्दछ। तपाईँको १०० दिन बिदा छ भने यो अवधिमा तपाईँले जहिले श्रम स्वीकृती गर्दा पनि हुन्छ।
तपाईँलाई जानकारीका लागिः अहिले नेपालमा श्रम स्वीकृती लिनका लागि अनलाइन टोकन प्रणाली लागू भएको छ। टोकनमा प्राप्त समयमा मात्रै तपाईँको श्रम स्वीकृती हुन्छ। पहिलेजस्तो जतिबेला गयो त्यतीबेला श्रम स्वीकृती लिन पाइदैन।