युक्रेनसँगको युद्धमा ज्यान गुमाउने रुसी सैनिकको सङ्ख्या ७० हजा...
असोज ४, २०८१ शुक्रबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
सामाजिक सुरक्षा कोषबाट सुविधा पाउन वैदेशिक रोजगारीमा गएकाहरूले मासिक रूपमा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको कम्तीमा २१ दशमलव ३३ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषले बैदेशिक रोजगारीमा जानेका लागि मात्र हैन स्वदेश फर्किएका र स्वदेशमै स्वरोजगार गरिरहेकालाई पनि समेटेर काम गरिरहेको छ । सामाजिक सुरक्षा कोषमा कर्मचारीको आधारभूत पारिश्रमिकबाट रोजगारदाता कम्पनीले २० र कर्मचारीको तलबबाट ११ प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्छ । यसलाई योगदान रकम भनिन्छ । यसरी जम्मा गरेको ३१ प्रतिशत रकम छुट्टाछुट्टै योजनामा बाँडिन्छ । वृद्धावस्था सुरक्षा योजनामा २८ दशमलव ३३ प्रतिशत रकम जम्मा हुन्छ । संशोधित व्यवस्थाअनुसार वृद्धावस्था सुरक्षा योजना अन्तर्गत जम्मा हुने रकममध्ये अवकाश योजनामा ८ दशमलव ३३ प्रतिशत र पेन्सन योजना अन्तर्गत २० प्रतिशत रकम जम्मा हुन्छ । बाँकी रहेकोबाट १ दशमलभ ४ प्रतिशत रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि छुट्याइन्छ । त्यस्तै एक प्रतिशत औषधि–उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा छुट्याइन्छ । बाँकी बचेको सुन्य दशमलव २७ प्रतिशत आश्रित परिवारको सुरक्षा योजनामा छुट्याइन्छ । सामाजिक सुरक्षा कोषका निक्कै फाइदा छन् । कार्यक्रम देश परदेशको अंक ६३० यसैसँग सम्बन्धीत छ । उज्यालोको फेसबुक पेज facebook.com/ujyaalo मा सामाजिक सुरक्षासँग सम्बन्धीत तपाईंले राख्नुभएका जिज्ञासाको जवाफ जोडेका छौं । यसका लागि हामीले सुरक्षा कोषका निर्देशक उत्तमराज नेपाल र सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीसँग कुराकानी गरेका छौं ।